आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

रुससँगको युद्ध हारे तेस्रो विश्वयुद्ध गर्ने युक्रेनका प्रधानमन्त्रीको चेतावनी


  • आक्रमण न्युज
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ३०६ पाठक संख्या
  • वैशाख ६, २०८१

    रुससँगको युद्धमा युक्रेनले हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने युक्रेनका प्रधानमन्त्रीले चेतावनी दिनुभएको छ । प्रधानमन्त्री डेनिस स्मिहलले अमेरिकी कांग्रेसलाई राहत विधेयक तत्काल पारित गर्न माग पनि गर्नुभएको बीबीसीले जनाएको छ ।

    युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिवार मतदान हुँदैछ । रुसले युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ । गएको वर्ष युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले तेस्रो विश्वयुद्ध शुरु गर्न रुसले पोल्यान्डमा आक्रमण गर्न सक्ने दाबी गर्नुभएको थियो । तर त्यो दाबीलाई रुसले अस्वीकार गरेको थियो । एजेन्सी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑