आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएको इजरायली सेनाको घोषणा


Thumbnail
  • आक्रमण न्युज
  • २०८१ बैशाख २५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३१२ पाठक संख्या
  • बैशाख २५एजेन्सी -, इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोहीहरू रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर हमला थालेको थियो ।

    रातभरको हमलामा २० जना हमास लडाकु मारिएको र तीन वटा सुरुङ भत्किएको इजरायलले जनाएको छ । प्रत्यक्षदर्शीले रातभर इजरायली सेनाले अन्धाधुन्ध मिसाइल र बम हानेको बताएका छन् । हिजो भाग्न नसकेका कैयौँ नागरिक पनि मारिएको शङ्का छ । पूर्वी रफाहका धेरैजसो घर भत्किएका छन् । इजरायली झण्डा फहराउँदै सैनिक ट्याङ्क अहिले रफाहमा घुमिरहेका छन् ।

    इजिप्टको सीमा नजिकै रहेको रफाह क्रसिङ अब इजरायली नियन्त्रणमा आएसँगै मानवीय सहायताका सामग्रीको आपूर्ति ठप्प भएको छ । रफाह क्रसिङ नै अहिलेसम्म सहायता सामग्री पुर्‍याउने एकमात्र मार्ग थियो । गाजाबाट विस्थापित भएका झन्डै १५ लाख जना शरणार्थी रफाहमा रहेकाले त्यहाँ आक्रमण नगर्न विश्वव्यापी दबाब रहे पनि इजरायलले पूर्व रफाहबाट आक्रमण थालेको हो ।

    हिजो हमासले युद्धविरामका लागि सर्तहरू पालना गर्न सहमत भएको बताएपछि पनि इजरायलले आक्रमण गरिरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

    यसैबीच प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय एजेन्सी यूएनआरडब्ल्यूएले इजरायली सेनाले रफाह क्रसिङ कब्जा गरेपछि सहायता सामग्रीको चरम अभाव हुने चेतावनी दिएको छ ।

    पछिल्लो ४८ घण्टादेखि सहायता सामग्री बोकेका गाडी रफाह प्रवेश गर्न नपाएको भन्दै यूएनआरडब्ल्यूएले नसोचेको दुर्भाग्य भोग्नुपर्ने चेतावनी दिएको छ । एजेन्सीकी प्रवक्ता लुइस वाटरिजले गाजाका नागरिकको स्वास्थ्यमा खतरा रहेको बताउँदै इजरायलले न्यूनतम मानवीयताको ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट