आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदै


  • आक्रमण न्युज
  • २०८१ अषाढ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ३२७ पाठक संख्या
  • एजेन्सी असार १६, फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदैछ । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति इमानुयल म्याक्रोले संसद् विघटन गरेर संसदीय चुनावको घोषणा गर्नुभएको हो ।

    आजदेखी शुरु हुने चुनावको सर्वेक्षणमा पनि राष्ट्रपति म्याक्रोको पाटी पछाडी देखिएको फ्रान्सेली सञ्चारमाध्ययम एनपीआरले जनाएको छ । यो चुनावमा फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीका पाँच सय ७७ सदस्य निर्वाचित हुनेछन् । यही सदनले देशको कानुन बनाउँछ ।

    संसदको माथिल्लो सदन, अर्थात् सिनेटका सदस्यहरू नेशनल एसेम्बली र स्थानीय निकायद्वारा संयुक्त रूपमा निर्वाचित हुन्छन् । आजको चुनावमा फ्रान्सको मुख्य भूमिमा रहेका सबै पाँच सय ७७ संसदीय निर्वाचन क्षेत्र र फ्रान्सबाट टाढा जनसङ्ख्या भएको क्षेत्र र विभागमा मतदान हुनेछ ।

    विदेशमा बस्ने फ्रान्सेली नागरिकले पनि आजै चुनावमा मतदान गर्न सक्छन् । दोस्रो चरण अन्तर्गत जुलाई ७ मा सबै सिटमा पुनः मतदान हुनेछ । जसमा मतदाताले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार मध्येबाट छनोट गर्नेछन् ।

    संसदमा बहुमत प्राप्त गर्न कुनै पनि दल वा गठबन्धनले दुई सय ८९ सिट जित्नुपर्छ । यसअघि सन् २०२२ को जुनमा भएको आम चुनावमा राष्ट्रपती म्याक्रोको पार्टी रेनाइसेन्सले सबैभन्दा धेरै एक सय ७२ सिट जितेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट