आज: २०८१ चैत्र ११, सोमबार | Mon, 24, Mar, 2025

हमासले आज थप ३ बन्दी रिहा गर्ने


  • आक्रमण न्युज
  • २०८१ माघ १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • ५९ पाठक संख्या
  • माघ १९, २०८१
    गाजा । हमासले आज थप ३ जना इजरायली बन्दी रिहा गर्ने जनाएको छ।
    इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो ।
    जसलाई हमासले शनिबार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । र, तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन्।
    उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल ४ दशकअघि इजरायल गएका थिए र हमासको अक्टोबर ७, २०२३ को हमलामा पक्राउ परेका थिए ।
    हमासले पहिले तीन नामहरू उपलब्ध गराएको थियो र इजरायली अधिकारीहरूले सूची प्राप्त भएको पुष्टि गरेका छन । जसमा इजरायली नागरिक यार्डन र किथ सिगेलको नाम उल्लेख छ । आक्रमणको क्रममा सेइगेलकी पत्नी अविभा सेइगललाई पनि लगिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट