
अस्पताललाई नै केमो चडाउनु पर्ने जनगुनासो
माघ–१२, २०८०/ टिकादत्त तिमिल्सिना
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल अहिले सम्म आईपुग्दा समेत उपचारको क्रममा रहेको छ । आज भएको सार्वजनिक सुनुवाईमा जन गुनासोको भोटिङको आधारमा समेत यो प्रमाणित भएको हो ।
क्यान्सर अस्पतालमा भएको सार्वजनिक सुनुवाईमा प्रगति भन्दा दुर्गती बढी भएको भन्ने जन गुनासो अत्यधिक मात्रामा आएको थियो । पिडितहरुको गुनासाहरु यति भएकी जसले गर्दा त्यहा भएका प्रगतीको कुरा नै आउन सकेन । ति मध्ये केहि गुनासाहरु अस्पतालले छिट्टै समाधान गरोस भनि केहि टिपोट गरि बुदागत प्रस्तुत गरिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी तथा डाकटर सबैलाई अवगत नै भएको कुरा हो उपचार ढिलो हुँदा शरीरका अन्य भागमा क्यान्सर फैलिन सक्छ । उपचारमा जटिलता पैदा हुन्छ ।’ बायोप्सी रिपोर्टकै आधारमा केमो दिने, अझै ठूलो अप्रेसन गर्ने वा सेकाइ गर्ने भनेर निक्र्याेल गरिन्छ ।
बिरामीलाई कसरी हुन्छ सहज रुपमा, सस्तो दरमा छिटोछरितो र भरपर्दाे सेवा दिने भन्दा यस अस्पताल व्यवस्थापनका मान्छेहरु कसरी हुन्छ तलब–भत्ता धेरै बुझ्ने र अस्पतालमा बसेर राजनीति गर्नेतिर बढी केन्द्रित रहने गरेका छन् ।

उता अप्रेसन गर्ने भनेर भर्ना गरिएका बिरामीलाईसमेत सर्जन र एनेस्थेटिस्टले अप्रेसन थियटरमा लगेर विभिन्न बहानामा भनौ वा तपाईको प्रेशर हाई छ भन्दै समेत अप्रेसन क्यान्सिल गर्ने गरेको गुनासो प्रयाप्त सुन्न पाईन्छ । अप्रेसन क्यान्सिल भएपछि बाध्य भएर बिरामीहरु प्राइभेटमा अप्रेसन गर्न जाने तथा कतिपय डाक्टरले त यहाँ ढिलो हुन्छ भन्दै प्राइभेट अस्पतालको नाम दिएर बिरामीलाई उतै बोलाउने गरेको समेत बताउँछन् । त्यसो त औषधि किन्न समेत बाहिर रहेका मेडिकलको नामै तोकेर पठाउने गरेको पाइएको छ ।

समग्रमा प्रशासनले सार्वजनिक सुनुवाई गर्दै समस्या समाधान गर्ने हो भने त ठिकै हो नत्र प्रगतीको कुरा गर्नलाई त्यो सबैगर्नु गलत हो प्रशासनले यि सबै कुराको मनन गर्दै विरामीलाई जति सक्दो प्रभावकारी सेवा दिन तल्लिन होस । अस्पताललाई राजनितीक र भष्ट्रचारबाट अलग्गै राख्दै अस्पताललाई छिटो भन्दा छिटो केमो चढाई सेकाई गर्नुपर्नै बाध्यता नबनाईयोस र क्यान्सरमा क्यान्सर भन्ने शब्द नै जन गुनासो माझ नआओस । यहि नै शुभ कामना ।

प्रतिक्रिया दिनुहोस