आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

भुकम्प प्रभावितलाई शैक्षिक सामाग्री वितरण


  • आक्रमण न्युज
  • २०८१ बैशाख ४, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • २१२ पाठक संख्या

  • वैशाख ४, २०८१
    जाजरकोट । भुकम्प प्रभावित जाजरकोटका ५०० जना विद्यार्थीहरूलाई इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरीएको छ ।
    जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीहरू लाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा कार्य गरेको हो ।
    उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकाल, ओरेगन नेपाली समाज, अमेरिकाका अध्यक्ष श्री नारायण गुरुङ, सीता माध्यमिक विद्यालयका प्राचार्य श्री गोरख बहादुर सिंह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपाली, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख श्री छितराज न्यौपाने, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्य प्रमुख श्री चन्द्रशेखर जोशी, बारेकोट वडा न.५ का वडां अध्यक्ष श्री गोरख बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शर्मा, विरिजित बोहरा, कर्णाली प्रदेश कार्य समिति सदस्य नवीन गिरी, बिष्णु कार्की, विद्यालयका शिक्षक, अभिभावक तथा जनप्रतिनिधिज्यू लगायत उल्लेखको उपस्थिति रहेको थियो ।


    प्राचार्य गोरख बहादुर सिंहले विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुर्‍याउने कार्यक्रम जाजरकोट जिल्लाको एकदम विकट बारेकोट गाउँपालिका ६ नम्बर वडामा रहेको आफ्नो विद्यालय श्री सीता माध्यमिक विद्यालयमा गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र ओरेगन नेपाली समाजलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभयो ।
    उक्त कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष श्री नारायण गुरुङले जाजरकोटमा भुकम्प जाँदा विदेशमा रहेका नेपालीहरूको मुटु कामिरहेको र भुकम्प प्रभावित विद्यार्थीहरूलाई सानो भएपनि सहयोग गर्न र प्रत्येक्षरूपमा भेट्न पाउँदा आनन्द भएको बताउनुभयो ।
    परिषद्का राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकालले विद्यार्थीहरू राष्ट्रका वर्तमान र भविष्य भएकाले असल व्यक्तिनिर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताउँदै विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको उल्लेख गर्नुभयो । उक्त शैक्षिक सामग्री विद्यालयसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो मन्तव्य राख्नुभएको थियो ।


    उक्त कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकाल र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष श्री नारायण गुरुङलाई अभिनन्दन तथा सम्मान पत्र सहित विद्यालय परिवारले सम्मान गरेको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट