आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

बाहुबली हर्बल प्रालिमा आगलागी


  • आक्रमण न्युज
  • २०८१ बैशाख ६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५८८ पाठक संख्या
  • वैशाख ६, २०८१

    बाँके । बाँकेको पिप्रहवामा रहेको बाहुबली जडीबुटी उद्योगमा आगलागी भएको छ । बिहीबार बिहान ७।१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन। जानकी गाउँपालिका वडा नं। ६, पिप्रहवामा रहेको राजेश जैनको जडीबुटी उद्योगमा विद्युत सर्ट भएर आगो लागेको सम्बद्धले बताएका छन् ।

    आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका दमकल आएको छ ।  बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल मगाइएको छ ।

    उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ । उद्योगभित्र आगो पुगिसकेको छैन । उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाइएको छ ।
    बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, एसपी तुलबहादुर कार्कीलगायत घटनास्थलमा पुगेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट