आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

बैजनाथ गाउँपालिका सहित ७५३ वटै पालिकामा नेविसंघले बुझायो  ज्ञापनपत्र


  • आक्रमण न्युज
  • २०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ६५३ पाठक संख्या
  •  

    वैशाख ७ बाँके, नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा बैजनाथ गाउँपालिका लगायत सात सय ५३ स्थानीय तहमा १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा शिक्षा क्षेत्रको सुधारका विषयहरू उल्लेख गरिएको छ ।

    एउटै विद्यालयमा एउटै विद्यार्थीले पटकपटक भर्ना गर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिएको छ । निजी विद्यालयको छात्रवृत्ति वितरणमा एकरुपता ल्याई पारदर्शी प्रभावकारी र वैज्ञानिक बनाउन छात्रवृत्ति पोर्टल बनाउन माग गरिएको छ ।

    नेपालको शैक्षिक क्षेत्रमा देखिया त्रुटिहरु तथा साझा समस्याहरु निजि तथा संस्थागत विद्यालयहरुमा देखियका शैक्षिक विकृति विसंगतिहरुलाई अनत्य गर्ने उद्देश्यले देशभर ज्ञापनपत्र बुझाएको नेविसंघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाको भनाइ छ ।

    सोही अवसरमा बाँकेको बैजनाथ गाउँपालिकामा नेविसंघ केन्द्रिय प्रतिनिधिका रुपमा आएका युवराज विष्टको अध्यक्षतामा उक्त गाउँपालिकामा १७ बुँदे माग सहितको ज्ञापनपत्र बुझाईएको छ ।

    केन्द्रिय प्रतिनिधि विष्टले विद्यार्थीलाई विभिन्न बहानामा दिइने यातनाहरु रोक्न नेविसंघ निर्मम भएर आन्दोलनको मोर्चामा उभिने बताएका थिए ।

    त्यसैगरि पालिका प्रमुख, उप(प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई स्थानीय विद्यार्थीलाई मध्यनजर गर्दै केन्द्रिय प्रतिनिधि युवराज विष्टले बैजनाथ गाउँपालिकामा एउटा राम्रो बहुमुखी क्याम्पस आवश्यक रहेको भन्दै लामो समयसम्म वैज्ञानिक आधार र त्यहाँको स्रोतको अवस्थाका विषयमा छलफल गरेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत र पालिका प्रमुख ज्युले ज्ञापन पत्रमा उलेखित मागहरूलाई अर्थिक बजेट अधिवेशनमा रातो बुकमा योजना निर्माण गर्ने र कार्यन्वयनमा ल्याउने उल्लेख गर्नु भयको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट