आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

रासायनिक मलको ढुवानी सुरु


  • आक्रमण न्युज
  • २०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५७४ पाठक संख्या
  • बैशाख ७, सिन्धुपाल्चोक – चीनबाट आयात गरिएको रासायनिक मल सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयबाट काठमाण्डौ ल्याउने गरी ढुवानी भएको छ । झण्डै ११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै ढुवानी शुरु भएको हो ।

    कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि मल काठमाण्डौ पठाउन थालेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार पाँच सय टन मलमध्ये एक हजार दुई सय टनभन्दा धेरै मल जाँच पास भएर काठमाण्डौ ढुवानी भएको र बाँकी मल पनि जाँच पासको प्रक्रियामा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट