आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

बिक्रम बाबा मन्दिरमा भक्तजनहरुको घुईचो


  • आक्रमण न्युज
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित २ साल अघि
  • १३२६ पाठक संख्या
  • शंकर सुवेदी
    बैशाख ८,२०८१
    आज बैशाख ८ गते चैत्र शुक्ल द्धादशीका दिन बिक्रम बाबा मन्दिरमा भक्तजनहरुको घुईचो लागेको छ । आज करिब एक लाख जति भक्तजनहरुको उपस्थिति रहेको पुजा व्यवस्थापन समितिले जनाएको छ ।
    आज सनिबार पनि भएको र हिजो एकादशी भएका कारण पशु बलि दिनेहरु भक्तजनहरु पनि आज अन्य दिन भन्दा उल्लेख्य रुपमा धेरै भएको समितिले जनाएको छ ।

    हरेक वर्ष चैत औँसिदेखि पूर्णिमासम्म बिक्रम बाबा मन्दिरमा पुजा हुने गरेको छ । मेलामा चितवनसहित छिमेकी जिल्लाहरु तथा छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् । विक्रम बाबाको पूजा परापूर्वकालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढेको देखिन्छ ।
    किवंदन्तीअनुसार वनाम गरेको आदीबासीको ‘गुरौ’ बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चैत २६ गतेदेखि विक्रम बाबा पुजा सुरु भएको हो । पुजा गर्न आउने भक्तजनको सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणले विशेष सुरक्षा व्यवस्था लागू गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑