आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

आगलागीमा परेर २ जनाको मृत्यु


  • आक्रमण न्युज
  • २०८१ बैशाख १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ५८३ पाठक संख्या
  • वैशाख १० बाँके – आगलागीमा परेर २ जनाले ज्यान गुमाएका छन् । आइतबार रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका (३ भत्नीगारेस्थित सामुदायिक वनमा लागेको आगो घरमा सल्किँदा ७१ वर्षीया बुदी कामीको ज्यान गएको हो ।

    यस्तै आगलागी कै कारण काभ्रेको तेमाल गाउँपालिका(९ सिन्धुटारस्थित मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वाइल्डिङ गर्ने क्रममा वाइल्डिङ मेसिनमा आगलागी हुँदा एकजनाले ज्यान गुमाएका छन् ।

    आगोमा मकवानपुरको छतिवन गाउँपालिका(७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको छ ।

    जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे हुँदै बर्न अस्पताल कीर्तिपुर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट