आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

उखरमाउलो गर्मी छल्न पर्यटकहरू चौकी डाडामा


  • आक्रमण न्युज
  • २०८१ बैशाख ११, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ४६० पाठक संख्या
  • एचआर होलिडे होममा विशेष प्याकेज
    बैशाख ११, २०८१/ होमनाथ न्यौपाने
    भरतपुर। भरतपुर महानगरको सातौं प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक गन्तव्य चौकी डाडामा पर्यटकको आगमन वढेको छ। चितवन नवलपुर , रुपन्देही लगायतका जिल्लाबाट पर्यटकहरू आउने गरेका छन ।

    भरतपुर लगायत आसपासको क्षेत्रमा उखरमाउलो गर्मी हुँदा समुन्द्र सतहबाट करीब १२०० मिटरको उचाईमा अवस्थित चौकी डाडामा गर्मीको कुनै पर्वाह छैन । भरतपुरमा ४० डिग्री सेल्सियस तापक्रम हुँदा चौकी डाडामा १८ डिग्री सेल्सियस आसपासमा हुन्छ । पहाडी भुगोलको हावापानी पाइने यो गन्तव्यवाट हिमाल तथा राप्ती भ्यालीको दृश्यावलोकन गर्न सकिन्छ । रातको समयमा देखिने राप्ती भ्यालीको झलमल्ल दृश्यले दार्जिलिङ सिक्किम तथा युरोपको झल्को मेटाउँछ ।


    भरतपुर महानगरपालिका वडा नं २९मा अवस्थित यो गन्तव्य प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट हिल स्टेसनको रुपमा परिचित छ। उत्तरमा हिम श्रृङ्खला र दक्षिणमा नारायणगढ,भरतपुर, टाँडी, पर्सा अन्र्तगत चितवन, मकवानपुर, देवचुली मौलाकालिका देवघाट आदिको दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक दृश्यावलोकन, भ्यु टावर अवलोकन, तारा खसेको खाल्डो, साहसिक पर्यटन अन्तर्गत प्याराग्लाइडिङ, भाइरल सिढि ,कविलास गढी, वोटानिकल गार्डेन, प्रस्तावित पिकनिक स्थल, ट्रेकिङ, पुतली , कृषि पर्यटनको अवलोकन, साथै स्थानीय परिकार,महको अर्गानिक स्वादको मज्जा लिन सकिन्छ।

    नारायणगढबाट सार्वजनिक यातायात तथा निजी सवारी साधन प्रयोग गरि उक्त गन्तव्यमा पुग्न सकिन्छ । चौकी डाडाको प्रमुख गन्तव्यलाई सेभेन पोइन्टले परिचित भएको चौकी डाडा टोल विकास संस्थाका अध्यक्ष विवश गुरुड वताउँनु हुन्छ ।


    चौकी डाडाका सेभेन पोईन्ट
    चौकी डाडा, पर्यटन क्षेत्र अन्तर्गत प्रमुख सात गन्तव्य दृश्यावलोकनका लागि परिचित छन् । यि गन्तव्यलाई समग्रमा सेभेन पोईन्टले परिचित छन्।
    १.चौकी डाडा भ्यु टावर
    २ तारा खसे खाल्डो
    ३ भाइरल सिढी
    ४ कविलास गढी र राजदरवार भग्नावशेष
    ५ प्याराग्लाइडिड स्टेसन
    ६ गोल्डेन गुफा
    ७ वोटानिकल गार्डेन
    पर्यटकको आगमन बढेसँगै स्थानिय पर्यटन व्यवसायीले खाना तथा वसाईमा विशेष सहुलियतको प्याकेज ल्याएको चौकी डाडा पर्यटन विकास समितिका अध्यक्ष एव एचआर होलिडे होमका अध्यक्ष रमेश पौडेल वताउँनु हुन्छ । तेसो त उहाँले  चितवनका पर्यटक स्थल सौराहा मेघौली लगायत घुम्न आउने पर्यटकहरुलाई एकपटक चौकी डाडा भ्रमण गरी गर्मीवाट छुटकारा लिन समेत आग्रह गर्नुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट