आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको ज्यान गयो


  • आक्रमण न्युज
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित २ साल अघि
  • ६६७ पाठक संख्या
  • वैशाख १२ चितवन – दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा लमही नगरपालिका–७ बनघुस्रीका ४३ वर्षीय महेन्द्र गिरी रहेका इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

    गएराति लमही नगरपालिका–७ बनघुस्रीको पूर्वपश्चिम राजमार्गमा रोकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसँग प्रदेश ३–०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किएको हो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट