आज: २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024

 तराईका विभिन्न जिल्लामा तापक्रम बृद्धि, ४० डिग्री पुग्यो


  • आक्रमण न्युज
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • १४७ पाठक संख्या
  • बैशाख १३ चितवन , – बाँके सहित तराइका बिभिन्न् जिल्लामा तापक्रम बृद्धि भएको छ । लुम्बिनी, मधेश र सुदूरपश्चिमसहित तराईका केही ठाउँको तापक्रम बढ्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि ती ठाउँहरुमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ । ती क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

    धेरै गर्मी र तातो हावा चल्दा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, बान्ता हुने लगायतका असर देखिने गर्छ ।

    तातो हावाबाट बच्नका लागि गर्मीको समयमा घरभित्र अथार्त चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, जानै परे शरीर छोप्ने पातलो कपडा लगाउन, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्य समस्या आएका स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न विज्ञहरुले सुझाव दिएका छन् ।

    यसैबीच लुम्बिनी प्रदेश र मधेश प्रदेशसहित तराईका केही ठाउँमा आज हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगको एक–दुई ठाउँमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट