आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

वैशाख ३१ गते बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ हुँदै


  • आक्रमण न्युज
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ६९२ पाठक संख्या
  •  बैशाख १९ काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।

    नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ सञ्चालन गर्न लागेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।

    नेपालमा अहिले पनि २० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका छैनन् भने चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । केही जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गएर दादुरा रुबेलाको महामारीसमेत देखापरेकाले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोप केन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोध गरेको छ । पूर्ण खोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकाले सबै बालबालिकालाई पूर्ण खोप लगाउन मन्त्रालयको आग्रह छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑