
वैशाख १९ नेपालगन्ज- , जिल्ला प्रहरी कार्यालय बाँकेले ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको छ । प्रहरीको टोलीले नेपालगन्ज(४ बसपार्कबाट भन्सार छली गरेर ल्याइएको अवैध ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको जानकारी दिएको छ ।
बरामद गरिएको उक्त अवैध ४ सय पिस डिस्प्लेको मूल्य ८ लाख रुपैयाँ रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । बाँके प्रहरीले बरामद गरेको डिस्प्लेहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको प्रवक्ता डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस