आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

बुटवलमा अत्यधिक गर्मीका कारण दुई दिन विद्यालय बन्द


  • आक्रमण न्युज
  • २०८१ बैशाख २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५८८ पाठक संख्या
  • बैशाख २० चितवन , – अत्यधिक गर्मीसँगै तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    उपमहानगरले सूचना निकालेर यस क्षेत्रमा पर्ने सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको हो । बुटवलमा बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेकाले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्ने भनेर अभिभावकले आग्रह गरेपछि दुई दिन बन्द गर्ने निर्णय गरेको खनालले बताउनुभयो ।

    बुटवल–भैरहवा क्षेत्रमा पछिल्लो एक हप्ताको तापक्रम ३८ देखि ४३ डिग्रीसम्म मापन भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट