आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

निमार्ण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने विजयी


  • आक्रमण न्युज
  • २०८१ बैशाख २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ५३८ पाठक संख्या
  • बैशाख २३,२०८१
    शंकर सुवेदी

    निमार्ण व्यवसायी संघ चितवनको ३० औं साधारणसभा तथा १६ औं अधिवेशनमा भीष्म अधिकारी र शिवप्रसाद लौडारीलाई पछि पार्दै दिनेशचन्द्र न्यौपाने विजयी भएका हुन् । मतदानमा दिनेशचन्द्र न्यौपानेले १ सय ६१ मत ल्याउदा भिष्म अधिकारीले ९२ मत र अर्का प्रतिस्पर्धी शिव प्रसाद लौडारीले ६ मत ल्यएका थिए ।
    त्यसै गरि उपाध्यक्षमा छवि गौतम विजयी भएका छन् । छविले १ सय ९२ मत प्राप्त गर्दा शैलेन्द्र भट्टराईले ६४ मत ल्याए । सचिव पदका लागि शिवलाल ढकाल विजयी भएका छन । उनले उत्सव भट्टराईलाई ३६ मतले पछि पारेका हुन् । शिवले १ सय ४६ मत प्राप्त गरेका थिए ।
    त्यसैगरि कोषाध्यक्षमा प्रकाश तिवारी विजयी भएका छन । उनले प्रकाशराज पौडेल, विष्णुप्रसाद लामिछाने र वसन्त खरेल लाई पछि पारेका हुन । निर्वाचनमा प्रकाश तिवारी ९२ मत,वसन्त खरेलले ६५,प्रकाश पौडेलले ६५ मत र विष्णु लामिछानेले ३४ मत प्राप्त गरेका थिए ।
    ८ जना सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको थियो । जसमा राजीव सडौला २ सय ५,रशिक श्रेष्ठ २ सय २, अरुण श्रेष्ठ १सय ७६, देवीप्रसाद भण्डारी १ सय ७७,पदम अधिकारी १ सय ५१,नमराज सिल्वाल १ सय ५०,आत्मराम कुमाल १४०,रमाकान्त कोइराला १ सय ३७ मत प्राप्त गरि विजयी भएका हुन ।अन्य उम्मेदवारहरु
    महेशचन्द्र ढकाल ८८, शुशिल भट्टराई ९७, गोविन्द ढकाल १ सय २१, ईन्द्रबहादुर भण्डारी १ सय १८, होमनाथ दवाडी ६६ र अनुजा धिताल ९६ मत प्राप्त गरेका थिए ।

    अधिवेशनमा चार वटा पदका उम्मेदवार निर्वीरोध चयन भएका छन् । निर्विरोध निर्वाचित हुनेमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार माधवप्रसाद पोखरेल, महासचिवमा पुष्कर अधिकारी, सह सचिवमा अशोक लोहनी र महिला सदस्यमा शोभा न्यौपाने निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    निमार्ण व्यसायी संघ चितवनको ३० औं साधारणसभा तथा १६ औं अधिवेशनबाट २ वर्षे कार्यकालका लागी नयाँ कार्यसमिति चयनका लागि हिजो निमार्ण व्यवसायी संघको भवनमा मतदान भएको थियो । १७ सदस्यीय कार्यसमिति सदस्यका लागि निर्वाचन भएको हो ।
    कुल ३ सय मतदाता रहेको संघमा २ सय ६६ मत खसेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट