आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

सरकारले नै संसद् चल्न नदिने खालका गतिविधि गरिरहेको कांग्रेसको निष्कर्ष


  • आक्रमण न्युज
  • २०८१ बैशाख २९, शनिबार मा प्रकाशित २ साल अघि
  • ४९३ पाठक संख्या
  •  बैशाख २९ काठमाण्डौ, – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैँ संसद् चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरुले संसद्मा भएको अवरोधको जिम्मेवार पनि सरकार नै भएको ठहर गरेको छ ।

    बैठकले अब संसद्मा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न पर्सि सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । सरकारले संसद् पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैयाविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

    बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद् बैठक चल्न नदिने अडान राखेका थिए । नेपाली कांग्रेसले हिजोको संसद् बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भूमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑