आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

चितुवाको आक्रमणबाट तीन जना घाइते


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित २ साल अघि
  • ४८५ पाठक संख्या
  • जेठ २,बर्दिया – बर्दियामा चितुवाको आक्रमणबाट तीन जना घाइते भएका छन् । आज राष्ट्रिय निकुञ्ज भित्रबाट आएको चितुवाको आक्रमणबाट ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६ बनखेत गाउँका २४ वर्षकी राममाया चौधरी, ५० वर्षका होलुराम थारु र २३ वर्षका हिमाल अधिकारी घाइते भएका शिवपुर उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्र बुढाले जानकारी दिनुभयो ।

    घाइते तीनै जनालाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाएको अध्यक्ष बुढाले बताउनुभयो । उनीहरूलाई घरखेतमा हिँडिरहेका बेला चितुवाले आक्रमण गरेको हो ।

    चितुवाको आक्रमणबाट एउटै गाउँका तीन जना घाइते भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट