आज: २०८१ अषाढ ३१, आईतबार | Sun, 14, Jul, 2024

ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन इप्पानको माग


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ३१ पाठक संख्या
  • जेठ ३ काठमाण्डौ  , – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत् लगायतका ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको छ ।

    गृह मन्त्रालयमा आज भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाएर लागू गर्न माग गर्नुभएको हो । कार्कीले प्रसारण लाइन निर्माणको अवरोधले जलविद्युत् आयोजनाहरू प्रत्यक्ष रूपमा प्रभावित भइरहेको भन्दै प्रसारण लाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गर्नुभएको छ ।

    भेटमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ति र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधैँ सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट