आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

प्रेमवस्ती दुग्ध सहकारीको भवन उद्घाटन, महानगरले पशुपालन तथा कृर्षि क्षेत्रलाई उकासने प्रतिवद्धता


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७०६ पाठक संख्या
  • जेष्ठ ३, २०८१
    चितवन । भरतपुर स्थित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको नवनिर्मित भवनको आज समारोहका विच उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आज एक कार्यक्रमका बीच सो भवनको उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै मेयर दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै आगामी दिनमा महानगरले कृषि तथा पशुक्षेत्रलाई प्राथमिकता दिने बताउनु भयो ।
    भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उहाँले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताउनुभयो ।


    भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु गरी हाल ३ रुपैयाँ पुराएको छ । यसबाट १० हजार कृषक लाभान्वित भएको उहांँले जानकारी दिनुभयो
    ‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, भने ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ । ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ । भरतपुर दूधमा अत्मनिर्भर छ ।’
    महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गर्नुभयो । उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उहाँले भन्नुभयो ।
    प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताउनुभयो ।
    साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उहाँको भनाई छ ।
    कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उहाँको भनाई थियो । उहांँले पशुपालन व्यवसायको बृद्धि गर्न पशु एम्बुलेन्स, ढुवानीका साधन तथा पशु आहाराको लागि महानगरले काम गर्ने बताउनु भयो ।
    सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष आनन्द न्यूरेले यस दुग्ध सहकारीलाई देशका नमुना सहकारी बनाउने लक्ष्य लिएको बताउनु भयो । पशुपालनमा आगामी तीन बर्षभित्र २ अर्बका योजना ल्याउने बताउंँदै अध्यक्ष न्यूरेले १० हजार जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने बताउनु भयो । पशुपालन व्यवसायलाई थप व्यवस्थित र व्यवसायिक बनाउन महानगरको सहयोग आवश्यक रहेको उहांँको भनाई थियो ।
    प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म समेत सञ्चालन गरि आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ ।


    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनाश लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशिष्ठ अतिथी, अतिथीहरु र सम्पुर्ण कृषक दाजुभाई दिदी बहिनीलाई संस्थाका वरिष्ठ उपाध्यक्ष ईश्वर कुमार श्रेष्ठले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष आन्नद न्युरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑