आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बेलायतका प्रधानमन्त्री सुनाकको प्रतिबद्धता


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५३६ पाठक संख्या
  • जेठ ८,काठमाण्डौ –
    जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने भएको छ । बेलायतका प्रधानमन्त्री ऋषि सुनाकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउन सहकार्य बढाउने बताउनुभएको छ ।

    नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा भएको विशेष समारोहमा प्रधानमन्त्री सुनाकले आउँदा दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीलगायत आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने बताउनुभएको लण्डनमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

    बेलायतका प्रधानमन्त्री सुनकले ‘ब्रिटिस गोर्खा’ को योगदानको पनि प्रशंसा गर्नुभयो । बेलायतका परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले नेपालसँगको आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने बताउनुभयो ।

    नेपाल र बेलायतबीच सन् १९२३ को मैत्री सन्धिमा हस्ताक्षर भएको सय वर्ष पुगेको अवसरमा भएको कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खा, बेलायतका सांसद तथा उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट