आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

कान्तिपुरका अध्यक्ष सिरोहिया थापाथलीबाट पक्राउ


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित २ साल अघि
  • ६८९ पाठक संख्या
  • काठमाण्डौ , –

    कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । सिरोहियालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज थापाथलीमा रहेको कान्तिपुर कार्यालयबाट पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सानुराम भट्टराईसहितको टोली पुगेको थियो ।

    दोहोरो नागरिकता लिएको आरोपमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियाविरुद्ध आजै जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।

    पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति निकालेर कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभएको छ । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने उहाँले बताउनुभयो ।

    सहकारीको रकम दुरुपयोगमा गृहमन्त्रीको संलग्नताबारे समाचार लेखेकै भरमा रिस साँध्न खोजिएको दाबी गर्दै सिरोहियाले आफू र आफ्नो संस्था निर्भिक भएर उभिने बताउनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट