आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

लुम्बिनी प्रदेशको ३ जिल्लामा हावाहुरीले क्षति


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित २ साल अघि
  • ५९० पाठक संख्या
  • जेठ ९ लुम्बिनी –

    सोमबार साँझ बाँके र सो वरिपरिका जिल्लामा आएको भीषण हावाहुरीबाट विभिन्न स्थानमा जस्तापाता र फुसका छाना उडाएको छ । हुरीले धेरै ठाउँमा पर्खाल भत्काउँदा ठुलो क्षति भएको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले हावाहुरीबाट धेरै ठाउँमा क्षति पुगेको जानकारी दिनुभयो । हालसम्म विभिन्न स्थानमा घरका छाप्रा उडेको, केही ठाउँमा पर्खाल भत्किएको र धेरै ठाउँमा जस्तापाताको छाना उडेको उहाँको भनाइ छ ।

    उहाँले धेरै ठाउँमा घरका छाना उडेको, विद्युतका दर्जनौँ पोल ढलेको र कतिपय नयाँ र धेरै पुराना घरका पर्खाल समेत भत्किएका छन्।

    जानकी गाउँपालिका ५ गुरुवागाउँको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ। विद्यालयकी शिक्षिका सन्ध्या शर्माका अनुसार विद्यालयको दुई वटा कक्षा कोठा र एउटा स्टोरको छाना हावाले उडाएको छ भने पानी खाने ठुलो ट्याङ्कीसमेत उडाएको छ।

    उहाँले कक्षा ७ र कक्षा ६ को कक्षा कोठाको जस्तापाताको छाना उडाएर फालेको तथा खानेपानीको ट्याङ्की नै उडाएर क्षति पुर्‍याएकोले विद्यार्थीलाई पठनपाठन र खानेपानीमा समस्या भएको बताउनुभयो।

    सोही प्रकारले बर्दियाको बढैयातालमा हावाहुरीले सबैभन्दा बढी क्षति पुर्‍याएको बैढयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो।

    उहाँका अनुसार हुरीले बढैयाताल ४ का १५ घर र दुई पशु फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएको, २० घरमा आंशिक र २५ घरमा सामान्य क्षति पुगेको छ। सो वडाका अधिकांशका घरका छाना उडेका छन् भने धेरै पर्खाल पनि भत्किएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट