आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

दाङको राप्तीमा एमबिबिएस पढाउने तयारी


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित २ साल अघि
  • ६६१ पाठक संख्या
  • जेठ ९ दाङ
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापना भएको सात वर्षपछि एमबिबिएस तहको अध्यापन गराउने तयारी गरेको छ । आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबिबिएस कार्यक्रमको पाठ्यक्रमसमेत तयार गरेको छ ।

    चिकित्सा शिक्षा आयोगसहित आठ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यशाला गोष्ठीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिइएको प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार यही शैक्षिक सत्रदेखि नै एमबिबिएस कक्षा सञ्चालन गर्ने तयारी छ । त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने सेल्फ अप्राइजल पास, अत्याधुनिक ल्याब, पूर्वाधार तथा जनशक्तिको तयारीमा प्रतिष्ठान जुटेको छ ।

    एमबिबिएसकै लागि फ्याकल्टी निर्माणदेखि लेक्चरर, असिस्टेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर र प्रोफेसरलाई प्रतिष्ठानमा ल्याउने काम भइरहेको छ । रजिस्ट्रार लम्सालले भन्नुभयो, “सकेसम्म यही शैक्षिक सत्रदेखि एमबिबिएस कक्षा सञ्चालनको तयारी गरेका छौँ, महत्वपूर्ण पाटो पाठ्यक्रम हो, पाठ्यक्रम निर्माण भइसकेको छ, अब अन्तिम रूप दिइन्छ ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट