आज: २०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

पत्रकार महासंघको सदस्यता त्रुटिपूर्ण विधि प्रति प्रेस युनियन बाँके द्धारा आपत्ती


Thumbnail
  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५९५ पाठक संख्या
  • जेठ १५ बाँके- नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणका नाममा गरेको त्रुटिपूर्ण विधि र प्रक्रियाप्रति नेपाल प्रेस युनियन बाँकेले गम्भीर आपत्ती प्रकट गरेको छ ।

    महासंघ केन्द्रीय समितिले जारी गरेको सदस्यता सूचीप्रति आपत्ति प्रकट गर्दै युनियन बाँके कडा प्रतिकारमा उत्रिने चेतावनी दिएको छ ।

    प्रेस युनियन बाँकेले भनेको छ–“नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले चुनावको मुखमा आएर सदस्यता सूची सार्वजनिक गरेको छ । शुद्धिकरणको नाममा विधि र प्रक्रियालाई लत्याएर केन्द्रीय समितिद्धारा जारी गरिएको सूचिप्रति नेपाल प्रेस युनियन बाँके शाखा खेद प्रकट गर्दछ ।”

    शुद्धिकरणका नाममा गरिएको अत्यन्तै हचुवा, अपरिपक्वता, पूर्वाग्रही र राजनीतिक प्रेरित निर्णय प्रेस युनियन बाँकेलाई स्वीकार्य हुन नसक्ने अध्यक्ष प्रियास्मृति ढकालले बताउनुभयो । महासंघको शुद्धिकरणमा एउटै मापदण्ड लागू हुनुपर्नेमा त्यसो नगरी व्यक्तिको अनुहारका आधारमा कसैलाई सदस्यता दिने र हटाउने कुरालाई न्यायोचित मान्न नसकिने जनाउँदै कडा कदम चाल्न बाध्य हुने प्रेस युनियन बाँकेले जनाएको छ ।

    “महासंघको यही जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्ने गरी महासंघबाटै गरिएको यो हर्कतको प्रेस युनियन घोर निन्दा गर्दछ ।” युनियनद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सदस्यता न्यायोचित नहुँदासम्म महासंघको निर्वाचन प्रक्रियासहितका सबै काममा अवरोध गर्ने चेतावनीसमेत दिदै महासंघबाट उत्पन्न गरिएको परिस्थितिको सबै जिम्मेवारी नेपाल पत्रकार महासंघले नै लिनुपर्ने युनियनले चेतावनी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑