आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

गणतन्त्र दिवसको अवसर ललितकला प्रदर्शनी आजदेखि शुरु


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ७४४ पाठक संख्या
  • काठमाण्डौ जेठ १५, – गणतन्त्र दिवसको अवसरमा आजदेखि काठमाण्डौमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शुरु हुदैछ । प्रदर्शनीमा यस पटक चार सय ८२ जना कलाकारका पाँच सय २२ वटा कलाकृति प्रदर्शनीमा राखिने भएको छ ।

    प्रदर्शनीमा कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बाग्मती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८ र सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति राखिने प्रदर्शनी संयोजक एवम् प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।

    गएको फागुन १७ गतेदेखि चैत १६ गतेसम्म भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ बाट छानिएका कलाकृति यसपालि राष्ट्रिय प्रदर्शनीमा राखिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑