आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

गएको जेठ २८ देखि हालसम्म विपदजन्य घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय १३ जना पुग्यो


  • आक्रमण न्युज
  • २०८१ श्रावण १, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५२६ पाठक संख्या
  • काठमाण्डौ साउन १, – देशका विभिन्न ठाउँमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपदका घटनामा परी गएको जेठ २८ यता एक सय १३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरोलगायतका घटनामा काठमाण्डौ उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन् ।

    अहिलेसम्म चितवनको सिमलताल बस दुर्घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । सिमलतालमा भएको घटनामा हिजोसम्म १४ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको छ । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता छन् । बेपत्ता यात्रु र बसको खोजी आज पाँचौ दिन पनि चलिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑