आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

सिनामङ्गल नयाँ पुल क्षेत्रबाट नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन


  • आक्रमण न्युज
  • २०८१ माघ २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ४५५ पाठक संख्या
  • माघ २६, २०८१
    काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ६१३ औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नयाँ पुल क्षेत्रको किनारमा सफाइ गरी नकुहिने पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
    काठमाडौँ महानगरपालिका–९ को नेतृत्वमा भएको सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । सो क्षेत्रको सफाइका लागि वडा कार्यालयको नेतृत्वमा रोटरी क्लब बानेश्वर र बत्तीसपुतली युवा समाजले समेत पहल गरेका थिए । सफाइमा सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि, वडाका जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल नं २० गणस्थित विपद् उद्धार सिनामङ्गल काठमाडौँका सशस्त्र प्रहरी निरीक्षक गोपाल बिष्टको कमान्डमा १७ जना, हिमालन गोर्खा सेक्युरिटी प्रालिबाट १५, बत्तीसपुतली युवा समाज एवं बानेश्वर रोटरी क्लबका ४०, वडावासी, समाजसेवीलगायतको सक्रिय सहभागिता रहेको थियो ।
    विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ‘हप्तामा दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑