आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

पूर्वराजाको ‘असन्तुष्टियुक्त’ प्रतिक्रिया


  • आक्रमण न्युज
  • २०८१ चैत्र २०, बुधबार मा प्रकाशित १ साल अघि
  • २५१ पाठक संख्या
  • काठमाण्डूमा घटेको हिंसात्मक घटनाबाट उत्पन्न परिस्थितिपछि गणतन्त्र पक्षधर दलहरू एक ठाउँमा आउने प्रयासमा रहेको देखिन्छ। दुई जनाको मृत्यु भएको उक्त घटनालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले आयोग गठनको माग गरेका छन्। प्रहरीले राप्रपाका केही नेताहरू सहित चार दर्जन जति व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही समयदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको सार्वजनिक गतिविधिलाई लिएर प्रतिनिधि सभाको बैठकमा सोमवार गरेको ‘चेतावनीपूर्ण’ सम्बोधनपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको निम्ति चैत १५ गते काठमाण्डूमा भएको प्रदर्शनका क्रममा हिंसा भएपछि भावी राजनीतिक घटनाक्रमलाई लिएर चासो बढेका बेला ओलीको सम्बोधनले थप ध्रुवीकरणको सङ्केत गरेको ठानिएको छ। आफ्नो नाममा भइरहेका गतिविधि र त्यसलाई लिएर राजनीतिक तहबाट प्रत्यक्ष तोकेर लगाइएका आरोपबारे पूर्वराजा ज्ञानेन्द्र शाह के सोचिरहेको होलान ?

    संसदमा बोल्दै प्रधानमन्त्री ओलीले एक वर्षअघिदेखि ‘सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्त्व’ क्रियाशील रहेको टिप्पणी गरेका छन्। त्यो तत्त्वबारे उनले थप केही खुलाएका छैनन्। तर लगत्तै उनले पूर्व राजाको सन्दर्भ उल्लेख गरेर निशाना पूर्वराजा तर्फ पनि रहेको सङ्केत दिएका छन्। उनले भने, “फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत ५ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो।” राजसंस्थावादीहरूको प्रदर्शनमा नवराज सुवेदी र दुर्गा प्रसाईँको अगुवाइलाई लिएर अन्य कतिपयले पनि पूर्वराजाको भूमिका रहेको टिप्पणी गरेको पाइएको छ। स्थानीय प्रशासनले एउटा समितिलाई कार्यक्रम गर्न अनुमति दिन्छ अनि महानगरले राजालाई चिठी काट्ने? यो त राजामाथि सबैतिरबाट सुनियोजित रूपमा आक्रमण गरेको जस्तो देखिएन? त्यसैलाई आधार बनाउँदै कतिपयले ज्ञानेन्द्र शाहलाई पनि काठमाण्डूको तीनकुनेमा भएको प्रदर्शनसँग जोडिरहेका छन्।

    प्रधानमन्त्री ओलीले कोटेश्वर तीनकुनेको घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताउँदै भनेका छन्, “यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न। फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन शाहले आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै सार्वजनिक वक्तव्य दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पोखेका थिए। गणतन्त्र पक्षधर अन्य नेताहरूले पनि पूर्व राजाको त्यो अभिव्यक्तिमा व्यवस्था उल्टाउने उद्देश्य लुकेको अर्थ लगाइरहेको पाइन्छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑