आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

अमेरीकाको  वाल्टिमोरमा नेपाली संस्थामा चुनावी गर्मी 


  • आक्रमण न्युज
  • २०८१ चैत्र २१, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४४७ पाठक संख्या
  • अमेरिकाको मेरिल्याण्ड राज्यका  राज्य  विधायक सदस्य डा.ह्यारी भण्डारीका भाई कोशिशले यस पटक चुनाब जित्ते कोशिस गरिरहेका छन् ।  अमेरिकाको मेरिल्याण्डको वाल्टिमोरमा रहेको नेपाली सामाजिक संस्था वानाको निर्वाचन नजिकिए संगै उमेदवारहरुको घरदैलो र चुनाबी अभियान आक्रामक रुपमा अगाढी बढेको छ ।आफुले वालेन शैलिमा चुनावी अभियानलाई ब्यापकता बनाएको कोशिशले बताए ।  कोशिशले स्वतन्त्र रुपमा  आफनो नेत्रित्वमा टिमनै खडा गरेर संस्थापनका उमेदवारहरुलाई चुनौति दिदै चुवाब जित्ने लक्ष्य नजिक पुगेको दावी गरेका छन् । यहि ६ तारिकमा वानाको निर्वाचन हुदै छ । भण्डारीको टिम र  अरु २ टिम गरी  गरी तिन छुट्टा छुट्टै टिम अहिले निर्वाचनमा होमिएको छ ।

    तिनवटै समुहले आ आफुले चुवाव जित्ने दावि सहित यतिखेर मतदाताको घरघरमा भोट माग्न पुगिरहेका छन् । करिव ४ हजार ८ सय मतदाता रहेको वाना नेपालीहरुको निकै ठुलो संस्थाका रुपमा स्थापित भएको छ । समग्र मेरिल्याण्डका नेपालीहरुलाई समेट्ने गरी बृहत  वानाको अवधारण बनाएर आफु समकालिन , मध्यकालिन र दिर्घकालिन योजना सहित टिमनै खडा गरी निर्वाचनमा होमिएको भण्डारीको दावी छ । उनले बिज्ञ र युवा टिम बनाएर अहिले मतदाताका  घरघरमा भोट माग्न पुगिरहेका छन् । मतदाताकोमा पुग्दा निकै उत्साहर हौसला पाएको भण्डारीको दाबी छ । भण्डारी सफ्ट्वयर ईन्जिनियर हुन् । उनिसंग दाजू ह्यारीको टिममा बसेर  सामाजिक काम गरेको राम्रो अनुभव पनि रहेको र उनले वानाको नेत्रित्व गर्न पाए भने उदाहरणिय र सफल काम गरेर देखाउन सक्ने उनका सारथीहरुको दाबी छ ।

    उनकै टिमकी वरिष्ठ उपाध्यक्षको उमेदवार डा. एकता कोईरालाले आफुहरुमाथी मतदाताको बिस्वास निकै बढेको र आफुहरुले चिुनाव जित्ने दाबी गरेकी छन् ।

    टिम कोशिशमा उपाध्यक्षमा गणेश भट्राई,महासचिवमा  तारा खरेल न्यौपाने, सचिवमा जनक पुन मगर, कोषाध्यक्षमा राजेन्द्र रेग्मी, बोड अफ डाईरेक्टमा अर्जुन क्षेत्री, डम्मर वस्नेत,डा कृष्ण विष्ट , निर्णय प्रधान र राजिव क्षेत्री उम्मेदवार रहेका छन् ।

    ईस्वि संवत २००५ मा स्थापना भएको सामाजिक संस्था वानाले नेपाली समाजको हित र विकासका लागी धेरै कामहरु गरेको छ । संस्थाले आफनै भवनबाट नेपाली समाजलाई सेवा गरिरहेको छ । ४ हजार ८०० बढि सदस्य संस्थामा अावद्द रहेका छन् ।

    वानाको विकासमा सांसद डा. ह्यारी भण्डारीको  ठुलो योगदान रहेको अगुवाहरु बताउछन् । ३ बर्षको कार्यकाल हुने वानामा तीनै बर्षमा गर्ने आफ्नो कार्य एजेन्डा  तयार गरेको देखिन्छ ।

    भण्डारीले पहिलो वर्षमा बिद्याथी सहायता केन्द्र स्थापना, सरकारी समन्वय लाईप्रभावकारी, आर्थीक पारदर्शीता,समग्र मेरिल्याण्डमा रहेका नेपालीका संघ संस्था संग सहकार्य, विकेन्द्रिकृत वाना अवधारण बनाएका छन् । त्यस्तै दोस्रो वर्षमा काठमाण्डौको विमान स्थलमा मेरिल्याण्डसुचना डेक्स स्थापना,वानामा नेपाली पुस्तकालय स्थापना, व्यवस्थित सदस्यता प्रणली लागुगर्ने बताएका छन् । त्यस्तै तेस्रो वर्षमा वाना सामुदायीक केन्द्रको स्तरोन्नती र विस्तार, नेपाली सांस्कृतिक संग्राहलय निमार्ण लगाएतका योजना बनाएका छन् ।

    आफ्नो नेत्रित्वको टिम वानामा निर्वाचित हुनासाथ नेपालीको रोजाईमा वाना, विश्वबिद्यालयमा वाना,नव आगन्नतुकका लागी वाना, संस्कार संकृतिको संरक्षणमा वाना,नया पुस्ताका लागी वाना,खेल र युवा संग वाना र बा आमा संग वाना कार्यक्रम लागु गर्ने पनि उनले बताए । यी सबै कार्यक्रममले समग्र  लाई समेट्ने उनको दावी छ । निकै उत्साहका साथ  कोशिस गरेका कोशिश ले आफनो कोशिस सफल हुने दावी गरेका छन् ।  टिमनै निर्वाचित हुने उनको दावी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट