हिउँदे अधिवेशन प्रारम्भ
काठमाडौँ, १८ माघः सङ्घीय संसद्को हिँउदे अधिवेशन प्रारम्भ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बजेट अधिवेशन अन्त्य भएको झण्डै पाँच महिनापछि आज हिउँदे अधिवेशन प्रारम्भ भएको हो । तस्बिरः किरणराज विष्ट÷रासस
आक्रमण न्युज
२०८२ बैशाख ३०, मंगलबार मा प्रकाशित १ साल अघि
४०३ पाठक संख्या
काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस