२०८० सालमा सम्पन्न कोटिहोममा राष्ट्रभरबाट श्रद्धालुहरूको उल्लेख्य सहभागिता रह्यो । यस आयोजनापछि हुमागाईलाई ‘विश्वकै एकमात्र कालाग्निरुद्र पीठ’ लड्केश्वर धामको पीठाधीश पदवी प्रदान गरियो ।
प्रा. डा. माधव भट्टराईको नेतृत्वमा गठित धर्मसभा नेपालद्वारा मान्यताप्राप्त उक्त पदवीले हुमागाईलाई धार्मिक नेतृत्वमा स्थापित गरिदिएको छ । धर्म–संस्कृतिप्रति समर्पित पत्रकारिताबाट सुरु भएको हुमागाईको यात्राले धार्मिक पुनर्जागरणमा ऐतिहासिक मोड ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस