आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं केन्द्रीय सम्मेलन सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ जेष्ठ ४, आईतबार मा प्रकाशित १ साल अघि
  • २४५ पाठक संख्या
  •  

    चितवन । अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं केन्द्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनबाट कमरेड मुनु सिग्देल केन्द्रीय अध्यक्षमा निर्वाचित हुनु भएको छ।

    उक्त सम्मेलनमा चितवन जिल्लाबाट कमरेड सुशिला लामिछाने, इन्द्रा कट्टेल, चण्डिका ढकाल र कोपिला उपरकोटी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँहरूलाई यस महत्वपूर्ण जिम्मेवारीमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

    समाजमा महिलाको अधिकार, समानता र सशक्तिकरणको पक्षमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका यी कमरेडहरूको नयाँ जिम्मेवारीले संघलाई अझ उचाइमा पु¥याउने विश्वास लिइएको छ।

    संघले आगामी दिनमा महिलाको हकहितका विषयमा नीति निर्माणदेखि व्यवहारिक कार्यक्रमसम्म अझ प्रभावकारी ढंगले अगाडि बढाउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट