
भरतपुर//गोर्खा जिल्लाबाट बसाई सराई गरी चितवन आसपासमा रहनु भएका भट्ट बन्धुहरुको संस्था कौशिक गोत्रिय (अलिना) भट्ट समाजको एकदिने अवलोकन भ्रमण सम्पन्न भएको छ ।
आफ्नो वार्षिक कार्यतालिका अनुसार यसवर्षको अवलोकन भ्रमणमा मकवानपुर क्षेत्रका पर्यटकीय एवम् धार्मिक स्थलहरुको अवलोकन गरिएको छ । भ्रमणमा समाजका चार दर्शन जतिको सहभागिता रहेको थियो ।
बिहान ६ बजेदेखि होटल जमघटबाट शुरु भएको अवलोकन भ्रमणमा मकवानपुर गढी, कर्रा पुल, कुष्माण्ड सरोवर त्रिवेणी धाममा रहेको १०८ धारा, मकवानपुरमा रहेको मुक्तिनाथ, शहीद स्मारक लगायतका धार्मिक एवम् पर्यटकीयहरुको अवलोकन गरिएको समाजका सल्लाहकार संयोजक एवम् भ्रमण उपसमितिका संयोजक लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिनुभयो ।
छोटो समयमा तयार गरिएको अवलोकन भ्रमणमा समाजका सदस्यहरुले सक्रिय सहभागिता रहेको समाजका बरिष्ठ उपाध्यक्ष एवम् भ्रमण उपसमितिका सह–संयोजक राजु भट्टले जानकारी दिनुभयो ।
समग्रमा भ्रमण निकै उपयोगी भएको र भ्रमणलाई सफल बनाउन पानीको व्यवस्थापन गर्ने होटल जमघट अवलोकन गर्ने स्थानहरुका व्यक्ति वा निकायहरुसँग समन्वय गर्ने उज्यालो टाईम्स मिडिया र भ्रमणलाई सहजता गराउन यातायात व्यवस्थापनमा समन्वय गर्ने सेन्ट्रल कलेज लगायत भ्रमणमा सरिक सम्पूर्ण सदस्यहरुलाई हार्दिक आभार व्यक्त गर्दै भ्रमण निकै सफल भएको कौशिक गोत्रिय (अलिना) भट्ट समाजका अध्यक्ष टंक प्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस