आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

महानवमीमा सिद्धिदात्री देवीको पूजा, शक्तिपीठमा भक्तजनको घुइँचो


  • आक्रमण न्युज
  • २०८२ आश्विन १५, बुधबार मा प्रकाशित १0 महिना अघि
  • १३३ पाठक संख्या
  • काठमाडौं । आज नवरात्रको अन्तिम दिन महानवमी हो। यस अवसरमा सिद्धिदात्री देवीको विशेष पूजा–आराधना गरिँदैछ। दुर्गा देवीका नौ स्वरूपमध्ये नवौं स्वरूप सिद्धिदात्रीलाई शक्ति, सिद्धि र विजयकी प्रतीकका रूपमा पूजा गरिन्छ।

    नवरात्रभर विभिन्न शक्तिपीठहरूमा हरेक दिन दुर्गाका फरक स्वरूपहरूलाई पूजा गरिएकोमा आज त्यो शृंखलाको समापन हो। काठमाडौंका भद्रकाली, मैतीदेवी, नक्साल भगवती, तलेजु भवानी, दक्षिणकाली, संकटा, बज्रयोगिनी, कात्यायनी, शोभा भगवती, गुह्येश्वरी, महांकाल लगायतका मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ।

    धार्मिक मान्यताअनुसार विधिपूर्वक सिद्धिदात्रीको पूजा गर्दा मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। शास्त्रअनुसार निष्ठाका साथ साधना गर्ने भक्तलाई समस्त सिद्धिहरू प्राप्त हुने भनाइ छ।

    आज रातिबाट नवरात्रको समापनसँगै भोलि विजयादशमी मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको टीकाको उत्तम साइत बिहान ११स्५३ बजे रहेको छ। यद्यपि, दिनभर मान्यजनबाट टीका ग्रहण गर्न सकिनेछ।

    नवरात्रमा पूजिएको प्रसाद, टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाउने शास्त्रीय परम्परा अनुसार पूजाअर्चना गरिएको प्रसादलाई शुभताको प्रतीकका रूपमा ग्रहण गरिन्छ।

    नवरात्र पर्व आत्मबल, भक्ति र आस्थाको प्रतीक हो। नवदुर्गाको आराधना मार्फत मानिसले आत्मशुद्धि, धर्मपरायणता र सकारात्मक ऊर्जाको अनुभूति गर्छ। सिद्धिदात्री देवीको कृपाले सबैमा शुभ चिन्तन र सफलताको मार्ग प्रशस्त होस् भन्ने कामना गर्दै नवरात्रको समापन गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट