आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

चितवनमा धान उत्पादन बढ्यो


  • आक्रमण न्युज
  • २०८२ कार्तिक २८, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ३६३ पाठक संख्या
  • होमनाथ न्यौपाने
    भरतपुर। गत वर्षको तुलनामा चितवनमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ। जिल्लामा करिव ९५ प्रतिशत धान थन्क्याए सगै उत्पादन वृद्धि भएको कृषि विकास कार्यालय भरतपुरले जनाएको छ। चितवन जिल्लामा करिव २७३०० हेक्टर खेतमा धान खेती गरिन्छ। चितवन जिल्लामा एक हेक्टर खेतमा करिब ४.९ मेट्रिक टन धान उत्पादन हुन्छ।पछिल्लो समय आएको हिउँदे झरिका कारण धान काट्न केहि ढिलो भएको थियो। मौसम उघ्रिएसगै किसानले धान थन्क्याएका हुन्। पानि पर्यो भने धान बिगार्छ। रातदिन नभनी धान काटेर आत्तुरि गर्नु परेको जगतपुरका किसान राम तामाङ वताउनु हुन्छ। उहाँको थप भनाइ थियो ” धान पाक्यो , समयमा काटेन भने खेतमै झर्छ , किसान भएपछि काम त गर्नै पर्यो”।
    चितवन जिल्लामा असार साउन मा धान रोपिन्छ। ढिलो गरी रोपिएका धान पनि पाकी सकेका छन्। गितानगर, जगतपुर, मंगलपुर , बिजयनगर पुर्वि चितवनको टाँडी ,खुरखुरे,भन्डारा ,माडि लगायतका क्षेत्रमा लगभग सबै र भरतपुरका केही क्षेत्रमा १० प्रतिसत धान थन्क्याउन वाकी रहेको कृषि विकास कार्यालय भरतपुरले जनाएको छ। चितवन जिल्ला धान उत्पादनको लागि अन्नको भण्डार मानिन्छ। यस वर्ष वर्षा वढि भएकोले घोल खेतमा धान कम फलेको किसान भनाई छ।तर टाडि खेतमा भने धान राम्रो फलेको किसान वताउछन्। ” मनसुन सकिएकोले थन्क्याउन समस्या नभएको गितानगरका किसान राम कोइराला वताउनु हुन्छ ।
    “धान पाकेपछि लामो समयसम्म नकाट्दा धान खेतमै झर्छ, नल भाचिन्छ, हावाहुरी चल्यो भने धान ढल्छ, सुगा लाग्ने हुन्छ,नलको डाठ भाचिने हुनाले समयमा नै धान थन्क्याउने वाध्यतामा किसान भएको मंगलपुरका किसान प्रेम सुनार बताउनु हुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट