Ncell Nepal Super League 2025:
Match between FC Chitwan and Lalitpur City FC at Dasharath Stadium in Kathmandu on Thursday 10.April.2025.
Photo: Udipt Singh Chhetry/USC Images Production
आक्रमण न्युज
२०८२ मंसिर १०, बुधबार मा प्रकाशित १0 महिना अघि
९० पाठक संख्या
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे पनि हार टार्न सकेनन् । चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए । यसअघि, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो । जसमा रवी बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैवले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे । विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस