
चितवन । चितवन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले १ हजार १५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ९०८ मत ल्याएका छन्।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार मीना खरेलले ५३९ मत प्राप्त गरेकी छन्।
प्रारम्भिक मतगणनामा पछि परेका लामिछाने पछिल्लो गणनामा एमाले उम्मेदवारलाई उछिन्दै अग्रस्थानमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस