आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

भरतपुरमा ‘दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२’ हुँदै, मुख्यमन्त्री इन्द्र बहादुर बानियाँद्वारा उद्घाटन


  • आक्रमण न्युज
  • २०८२ चैत्र २५, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • ४७ पाठक संख्या
  • भरतपुर । चितवन उद्योग संघको आयोजनामा २०८२ साल चैत्र २७ गतेदेखि २९ गतेसम्म भरतपुरमा “दशौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८२” आयोजना हुने भएको छ। प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले गर्नुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

    स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रदर्शनीले राष्ट्रिय बजारमा उद्योग व्यवसायको पहुँच विस्तार गर्ने विश्वास लिइएको छ। साथै, लगानीकर्ता र स्टार्टअपबीच प्रत्यक्ष अन्तरक्रिया (B2B) का माध्यमबाट नयाँ सम्भावना सिर्जना गर्ने लक्ष्य राखिएको छ।


    प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रको प्रविधि तथा मेशिनरीसँगै “मेक इन नेपाल स्वदेशी अभियान” मा आवद्ध विभिन्न उद्योगहरूको सहभागिता रहनेछ। यसले नवप्रवर्तन, कृषि, स्वास्थ्य, सूचना प्रविधि तथा उत्पादन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
    निःशुल्क प्रवेश व्यवस्था गरिएको प्रदर्शनीमा “नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य” शीर्षकमा विषय विज्ञ तथा सरोकारवालाहरूको सहभागितामा प्यानल छलफल कार्यक्रम समेत सञ्चालन गरिनेछ।

    उद्योग, प्रविधि र नवप्रवर्तनको समागमका रूपमा लिइएको यो प्रदर्शनीले देशको औद्योगिक विकासमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट