आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

भविष्यका सक्षम शिक्षक तयार गर्दै : तीन दिने शैक्षिक तालिम सफलतापूर्वक सम्पन्न


  • आक्रमण न्युज
  • २०८३ बैशाख ३०, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ११५ पाठक संख्या
  • सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकामा विद्यालय स्वयंसेवकहरूका लागि आयोजित तीन दिने ‘आधारभूत शिक्षाशास्त्र तथा कक्षाकोठा व्यवस्थापन’ तालिम सम्पन्न भएको छ ।

    काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) को प्राविधिक सहयोग तथा नेपाल युथ फाउन्डेसन नेपालको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख प्रशिक्षक प्रा.डा. लक्ष्मण ज्ञवालीले तालिमको प्रभावकारितामाथि प्रकाश पार्दै कक्षाकोठालाई कसरी जीवन्त र विद्यार्थीमैत्री बनाउने भन्नेमा हामीले विशेष जोड दिएका छौँ उनले भने तीन दिनको यो सघन अभ्यासले स्वयंसेवकहरूमा आत्मविश्वास थपेको छ । शिक्षण सूचना प्रवाह मात्र नभई एक कला भएको ज्ञावालीले जोड दिएका छन् ।

    हामीले शिक्षकहरूलाई आधुनिक शिक्षाशास्त्रसँग जोड्न खोजेका हौँ । विद्यालयमा स्वयंसेवकका रूपमा जाँदा बालबालिकाको मनोविज्ञान बुझेर पढाउन यो तालिमले दक्ष बनाएको बताए ।

    यस्तै समापन समारोहमा बोल्दै नेपाल युथ फाउन्डेसनका प्रोग्राम संयोजक उमेश रेग्मीले “हाम्रो मुख्य उद्देश्य भनेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा शिक्षण विधिलाई आधुनिक र बालमैत्री बनाउनु हो । यो तालिमले स्वयंसेवक शिक्षकहरूलाई कक्षाकोठामा आउने चुनौतीहरू सामना गर्न तयार पारेको बताए ।

    त्यस्तै, कार्यक्रम संयोजक ललित गहतराजले तालिमको स्थानीय प्रभावबारे चर्चा गर्दै “सप्तरीका स्थानीय विद्यालयहरूमा कार्यरत स्वयंसेवकहरूको क्षमता विकासले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा सुधार ल्याउनेछ । हामीले यो परियोजनामार्फत शैक्षिक वातावरणमा परिवर्तन ल्याउने लक्ष्य राखेको बताए ।

    तिरहुत गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार माझीले गाउँपालिकाको शिक्षाको विकासका लागि सधैँ तत्पर रहेको बताउदै उहाँले, “बाहिरबाट आएका विज्ञहरूले हाम्रा स्वयंसेवकहरूलाई सिकाउनुभएको यो सीपले स्थानीय विद्यालयहरूको नतिजामा सकारात्मक परिवर्तन ल्याउनेछ बताए ।

    तालिममा सहभागी प्रशिक्षार्थीहरूको तर्फबाट आफ्नो अनुभव साट्दै करूणा रायाले “पढाउने भनेको किताबको कुरा सुनाउनु मात्र रहेनछ, विद्यार्थीको रुचि र मनोविज्ञान बुझेर कक्षा व्यवस्थापन गर्नु पनि महत्त्वपूर्ण रहेछ भन्ने हामीले यो तीन दिनमा बुझेको बताइन् । “अर्का प्रशिक्षार्थी सोबन विकले “नयाँ–नयाँ शिक्षण विधि (Pedagogy) का बारेमा अभ्यास गर्न पाउँदा अब विद्यालयमा गएर पढाउन हामी निकै उत्साहित रहेको बताए ।

    तालिम समापनपछि सहभागी अन्य स्वयंसेवकहरूले सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक सीप सिकेको भन्दै खुसी व्यक्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट