EAST RUTHERFORD, NEW JERSEY - JUNE 30: Kylian Mbappe #10 of France celebrates with teammates after scoring the team's third goal during the FIFA World Cup 2026 Round Of 32 match between France and Sweden at New York New Jersey Stadium on June 30, 2026 in East Rutherford, New Jersey. (Photo by Patrick Smith - FIFA/FIFA via Getty Images)
आक्रमण न्युज
२०८३ अषाढ १७, बुधबार मा प्रकाशित ४ घण्टा अघि
६ पाठक संख्या
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।
फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।
अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ ।
प्रतिक्रिया दिनुहोस