आज: २०८३ भाद्र २७, शनिबार | Sat, 12, Sep, 2026

क्यान्सर बिरामीलाई छुट सुविधा सहित बुद्धचोकमा जिएमडीएल संचालन


  • आक्रमण न्युज
  • २०८३ भाद्र २७, शनिबार मा प्रकाशित ७ घण्टा अघि
  • २२ पाठक संख्या
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित बुद्ध चोकमा जिएम डाइगोनिष्ट ल्याबरोटरी संचालनमा आएको छ । बिशेषगरी क्यान्सरका बिरामीलाई लक्षित गर्दै अत्यधुनिक सेवा सहित ल्याब संचालनमा ल्याईएको हो । ल्याबोरोटरीले संचालनको अवसरमा विभिन्न छुट तथा प्याकेज सुविधा समेत घोषणा गरेको छ ।

    नेपाल सरकार नेसनल पब्लिक हेल्थ ल्याबरोटरी (एनपीएचएल) मान्यता प्राप्त ‘बी’ श्रेणीको जिएम डाइगोनिष्ट ल्याबरोटरीमा सहुलियत र सर्वसुलभ सेवा एकैठाउंँमा दिने उद्धेश्य सहित ल्याबोरोटरी संचालनमा ल्याईएको संचालक महेश शाहले जानकारी दिनुभयो ।

    ‘हामीले बिशेष गरी क्यान्सर बिरामी र स्थानीय सेवाग्राहीलाई सर्वसुलभ सेवा दिने उद्धेश्यले ल्याब संचालनमा ल्याएका हौं संचालक महेश शाहले भन्नुभयो, हामीकहांँ अत्यधुनिक ल्याब र दक्ष जनशक्तिबाट नमुना परीक्षण गरिन्छ ।’

    संचालक शाहका अनुसार ल्याबमा रगतको सबै प्रकारका जांँच, कल्चर रिपोर्ट, बायोप्सी, खकार जांँच , सरुवा रोग, तथा भिटामीन कमी हुने परिक्षण गरिदै आएको छ । हाल ल्यादमा २४ सै घण्टा सेवा दिईरहेको शाहले बताउनु भयो ।

    संचालनको अवसरमा ल्याबले किमो लगाउने क्यान्सर बिरामीको लागि प्याकेज सुविधा र बार्षिक मेम्बरसिप सुविधा पनि उपलब्ध गराएको छ । ‘हामीकोमा ३ हप्तामा एकपटक किमो लगाउने बिरामीको लागि रगत परिक्षणको लागि एकपटक मात्र १० हजार ।

    हरेक दुईहप्तामा एकपटक गरिने परिक्षणमा १२ हजार र हप्ताको एकपटक गरिने परिक्षणमा १५ हजार सहुलियत शुल्क राखिएको छ ।’ शाहले भन्नुभयो , ‘यो बर्षमा एकपटक बुझाएपछि पटकपटक शुल्क तिरिराख्नु पर्दैन ।

    संस्थाले सामाजिक संस्थागत उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर राख्नुका साथै ज्येष्ठ नागरिक, अपांग , विपन्न लाई समेत बिशेष छुट दिइने संचालक शाहले जानकारी दिनुभयो ।

    जिएम ल्याबका इन्चार्ज डाक्टर ओम प्रकाश झाले ल्याबको एनपीएचएल मापदण्ड र मेशीनहरु एफडीए मान्यता प्राप्त भएकोले रिपोर्टमा कुनै समस्या नआउने बताउनु भयो ।

    ‘हाम्रो सेमि अप्सन, बटोमेटिक एफडीए मान्यता मेशीनहरु छन , डा झाले भन्नुभयो, हामीले रिपोर्टलाई भेरिफाई गरेर मात्र सेवाग्राहीलाई दिन्छौं ।’ डाक्टर झाले चितवनमा ठुला अस्पतालमा दिइने ल्याब परीक्षणको गुणस्तरीयता परीक्षण जिएम ल्याबमा उपलब्ध हुने बताउनु भयो ।

    संस्थाले चितवनको चनौलीमा समेत क्लिनिक सुविधा सहित सेवा विस्तार गरेको छ भने आगामी दिनमा चितवन लगायत अन्य छिमेकी जिल्लामा समेत सेवा विस्तार गर्दै जाने जनाएको छ ।

    सेवा लिन तथा छुट सुविधाको लागि जिएम डाइगोनिष्टको वेब पोर्टल https://gmdiagnosticlab.cloud/  बाट तथा फोन सम्पर्कबाट समेत बुकिङ्ग  गर्न सकिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट