आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

नेपालकाे इतिहासमा आजः कीर्तिपुरमाथि गोर्खाली सेनाको दोस्रो आक्रमण


  • आक्रमण न्युज
  • २०८३ आश्विन ४, आईतबार मा प्रकाशित ५५ मिनेट अघि
  • ७ पाठक संख्या
  • नेपालको इतिहासमा असाेज ४ गते घटेका केही प्रमुख राजनीतिक, ऐतिहासिक तथा सामाजिक घटनाक्रमहरू यस प्रकार छन्, जसमाथी कीर्तिपुरमाथि गोर्खाली सेनाको दोस्रो आक्रमण गरेकाे थियाे ।

    कीर्तिपुरमाथि गोर्खाली सेनाको दोस्रो आक्रमण (वि.सं. १८२१ असोज ४): पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका क्रममा गोर्खाली सेनाले कीर्तिपुरमाथि दोस्रो पटक आक्रमण गरेको थियो। अत्यन्तै घमासान भएको यस युद्धमा गोर्खाली सेनापति तथा पृथ्वीनारायण शाहका भाइ शूरप्रताप शाहको एउटा आँखा फुटेको थियो भने अर्का भाइ दलजित शाह सख्त घाइते भएका थिए।

    नेपाल-भारत संयुक्त सैन्य अभ्यास (वि.सं. २०७८ असोज ४): नेपाल र भारतका सेनाबीच द्विस्तरीय सैन्य सम्बन्ध, विपद् व्यवस्थापन र पारस्परिक क्षमता अभिवृद्धिका लागि संयुक्त सैन्य अभ्यास (‘सूर्य किरण’) सुरुवात भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट