आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

भारतसँगको सम्बन्धमा ‘नयाँ सुरुवात’ गर्न चाहन्छौँ: अर्थमन्त्री स्वर्णिम वाग्ले


  • आक्रमण न्युज
  • २०८३ आश्विन ४, आईतबार मा प्रकाशित ५९ मिनेट अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । नेपालमा गएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको एक महिनापछि नयाँ सरकारले पुनर्निर्माण र पुनरुत्थानका प्रयासहरूलाई तीव्र बनाएको छ।

    यसैबीच, नेपाल सरकारले छिमेकी मुलुक भारतसँगको द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने सङ्केत गरेको छ।

    भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’सँगको विशेष अन्तर्वार्तामा अर्थमन्त्री एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपालको नयाँ सरकार भारतसँगको सम्बन्धमा ‘नयाँ सुरुवात’ गर्न इच्छुक रहेको बताएका छन् । युएनडिपीका पूर्व उच्च अधिकारीसमेत रहेका अर्थमन्त्री वाग्लेले दुई देशबीचका पुराना व्यापार तथा कनेक्टिभिटी (सञ्जाल) परियोजनाहरूको पुनरावलोकन गरिनुपर्नेमा जोड दिए ।

    अन्तर्वार्ताका क्रममा उनले नेपाली विमानस्थलहरूका लागि लामो समयदेखि थाती रहेको ‘ओभरफ्लाइट राइट्स’ (आकाश प्रयोगको अधिकार) जस्ता महत्त्वपूर्ण विषय र सीमा विवादजस्ता जटिल मुद्दाहरूलाई ‘रचनात्मक’ ढङ्गले समाधान गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट