आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी


  • आक्रमण न्युज
  • २०८३ आश्विन २७, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • १३ पाठक संख्या
  • काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडा र शिवाकोटीले जित हासिल गरेका हुन्।

    कांग्रेसको पदाधिकारीमा इतर समूहबाट आएका खतिवडा एकजनामात्र हालसम्म पदाधिकारीमा निर्वाचित भएका छन् । शिवाकोटी विशेष महाधिवेशनबाट आएको कार्यसमितिका सदस्य थिए । खतिवडा र शिवाकोटी दुवैले लोकप्रियताका आधारमा जित हासिल गरेका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑