आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई


  • आक्रमण न्युज
  • २०८३ आश्विन २८, बुधबार मा प्रकाशित ५४ मिनेट अघि
  • ८ पाठक संख्या
  • चितवन। नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि निर्माणाधीन आइकोनिक केबल–स्टेड पुलको निर्माणसम्बन्धी जिम्मेवारी सडक डिभिजन भरतपुरबाट पुल सेक्टर पोखरामा हस्तान्तरण गरिएको छ ।

    गत भदौ ९ गतेको सचिवस्तरीय निर्णयअनुसार पुल निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय स्वीकृत भएपछि मङ्गलबार निर्माणसँग सम्बन्धित सम्पूर्ण आयोजना तथा ठेक्कासम्बन्धी कागजात पुल सेक्टर पोखरालाई हस्तान्तरण गरिएको हो । सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेले पुल सेक्टर पोखराका योजना प्रमुख इञ्जिनियर कृष्णराज अधिकारीलाई कागजात हस्तान्तरण गर्नुभएको हो । यसअघि सडक डिभिजन भरतपुरले हेर्दै आएको पुल निर्माणको काम अब पुल सेक्टर पोखराले हेर्नेछ ।

    डिभिजन प्रमुख लामिछानेका अनुसार बर्खा सुरु हुनुअघि चितवनतर्फ पुलको पाइल निर्माणको काम गरिएको थियो । चितवनतर्फ अन्तिम फाउन्डेसनको काम भएकोे उहाँले बताउनुभयो । बाढीले पुल निर्माणमा खासै क्षति नगरे पनि गैँडाकोटतर्फ रहेको निर्माण कम्पनीको शिविरमा भने असर गरेको उहाँले जानकारी दिनुभयो ।

    निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिका योजना व्यवस्थापक इञ्जिनियर मञ्जिल मिश्रका अनुसार बर्खा सुरु हुनुअघि पुलको जग निर्माणसम्बन्धी केही काम गरिएको थियो । बर्खा लागेपछि काम रोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दसैँलगत्तै निर्माणको काम सुरु गर्ने तयारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑