आज: २०८३ बैशाख १३, आईतबार | Sun, 26, Apr, 2026

रक्तदान कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८२ पौष १८, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • १४५ पाठक संख्या
  • काठमाण्डौं । रोटरी क्लब अफ डिल्लिबजारले आज यस वर्षको छैटौँ रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ। क्लबले राधाकृष्ण भजन मण्डल, जीएमपीटी फाउन्डेसन, सहज फाउन्डेसन, कल्पना फाउन्डेसन, कालीभक्त फाउन्डेसन तथा इन्टर्याक्ट क्लब अफ डिल्लिबजारसँगको सहकार्यमा यस वर्ष कुल १२ वटा रक्तदान कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ।

    उक्त कार्यक्रममा क्लबका अध्यक्ष प्रेम वली, पास्ट प्रेसिडेन्ट डा पार्थिवेश्वर प्रसाद तिमिल्सिना, पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, वडा सदस्य सन्तोष ढुङ्गेल, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, सेक्रेटरी सन्ध्या राजभण्डारी, मेम्बरशिप चेयर सौरव पन्त, रोटरियन विष्णु पराजुली, रोटर्याक्ट क्लबकी अध्यक्ष साक्षी बहेटी लगायत विभिन्न समाजसेवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा क्लबको तर्फबाट सेक्रेटरी सन्ध्या राजभण्डारी, रोटर्याक्ट अध्यक्ष साक्षी बहेटी, पूर्व रोटर्याक्ट अध्यक्ष छविलाल देवकोटा लगायतले स्वयं रक्तदान गरी कार्यक्रमलाई थप प्रेरणादायी बनाउनु भएको थियो।

    सधैं झैँ राधाकृष्ण मन्दिर, डिल्लिबजारमा आयोजना हुँदै आएको यस कार्यक्रमबाट यो बर्ष कम्तीमा १५० पिन्ट्स रगत सङ्कलन गर्ने लक्ष्य राखिएको कुरा क्लबका अध्यक्ष प्रेम वलीले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट