आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

दुर्घटनाका केही कारण


  • आक्रमण न्युज
  • २०८१ आश्विन २१, सोमबार मा प्रकाशित १ साल अघि
  • ३३८ पाठक संख्या
  • आश्विन २१,२०८१
    भरतपुर।नेपालमा सडक सवारी दुर्घटना बढ्दो छ। सडक दुर्घट्नाका कारणहरु विभिन्न छन्। नेपालमा अौसत दैनिक ३७ सडक दुर्घट्ना हुन्छन्। दैनिक ७ जना मानिसको मृत्यु हुन्छ भने ४० जना घाइते हुन्छन् । नेपालमा कुल सडकको लम्वाई करिब ७५ हजार कि मि को अासपासमा रहेको छ।कुल सडक मध्ये करिव १५ हजार कि मि सडक कालोपत्रे छ।३० हजार कि मि सडक वाहै महिना सवारी साधन सञ्चालन हुन्छन्।बाकि सडकको अवस्था जिण रहेको छ। सडक दुर्घट्ना का प्रमुख कारणहरु निम्न देख्न सकिन्छं।
    # सडकको रोड सेफ्टी अडिट नहुनु।
    #सडकमा ब्लाक स्पट अध्ययन नहुनु।
    # पुराना सवारी साधन सञ्चालन हुनु।
    # सवारी चालक सिकारु हुनु।
    # मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्नु।
    # यात्रुको दवाव।
    # समयमा सवारी साधन मर्मत सम्भार नहुनु।
    # क्षमता भन्दा बढी यात्रु वाेक्नु।
    # तिव्र गति ।
    # सवारी साधन मर्मत गर्ने ग्यारेजको मापदण्ड नहुनु।
    # सवारी चालकको शैक्षिक योग्यता नतोक्नु। सामान्य ट्राफिक नियम पनि नजान्नु।
    सवारी साधन चलाउँदा सानो गल्तीले पनि ज्यान जान सक्छ।सजक र सचेत भई सवारी साधन चलाऔ। दुर्घटनाबाट आफु पनि वचौ र अरूलाई पनि बचाऔ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट